पोखरा – ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।


ADVERTISEMENT


शुक्रबार जिल्लास्थित रामघाटमा उनको अन्त्येष्टि गरिएको छ । दिवंगत अधिकारीको शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका छन् ।


ADVERTISEMENT

# # #


अन्त्येष्टिअघि पोखराको नयाँबजार, महेन्द्रपुल र हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरिएको थियो । अधिकारीलाई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले पार्टीको झण्डा अढाए भने वामदेव गौतमले पार्टीको झण्डा ओढाएका थिए। उनको शव शुक्रबारै काठमाडौंबाट पोखरा ल्याइएको थियो ।

अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ । आज तेस्रो दिन भएकाले उनको मृत्यु संस्कार अब चार दिनमा अर्थात २१ गते मंगलबार सकिनेछ। काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।