काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि गराइएको बम बिष्फोटमा भएका घाइते र आफन्तलाई भेटेर दोषीलाई कानुनको कठघरामा ल्याउने बताएका छन् ।


ADVERTISEMENT


घाइते प्रतिक्षा खड्का, उषा मानन्धर र उनीहरुका आफन्तलाई भेट्न मन्त्री थापा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्रीलाई लिएर मेडिसिटी अस्पताल पुगेका थिए ।


ADVERTISEMENT

# # #


सरकारले घाइतेको निःशुल्क उपचार गरिदिने र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने समेत मन्त्री थापाले आश्वासन दिएका छन् ।

शुक्रबार बेलुका नख्खुस्थित एनसेल केन्द्रीय कार्यालय अगाडिको गेटमा अज्ञात समूहले बम विष्फोट गराउँदा प्रतिक्षा खड्का, उषा मानन्धर र सिंहप्रताप गुरुङको भने उपचारको क्रममा मृत्यु भइसकेको छ । प्रतिक्षा र उषाको सोही अस्पतालमा उपचार जारी छ ।