काठमाडौं । एनसेलको मुख्य कार्यालय लगायत बिभिन्न ठाउँहरुमा शुक्रबार बेलुका गरिएको बम बिष्फोटको युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले घोर भत्र्सना गरेका छन् । सर्बसाधारणको मृत्यु र घाईते हुने गरी गरिएको बिष्फोटलाई आतँककारीको शज्ञा दिँदै पौडेलले त्यस्तो क्रियाकलापमा संलग्न सबैलाई कडा कारबाहीको जोडदार माग समेत गरेका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जाल अन्र्तगत फेसबुकको आफ्नो अकाउन्ट मार्फत स्टाटस लेख्दै अध्यक्ष पौडेलले हत्या हिँसाको राजनीति त्यागी देश समृद्धिको महाअभियानमा साथ दिन त्यस्ता समूहहरुलाई आग्रह समेत गरेका छन् । स्टाटसमा नेता पौडेलले घटनामा परी मृत्यु भएकाको परिवार प्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तो छ युवा संघ अध्यक्ष रमेश पौडेलले स्टाटस मार्फत व्यक्त गरेको अभिव्यक्ति :

निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ । बम बिष्फोटबाट एक सर्वसाधारणको मृत्यु र दुई गम्भीर घाइते छन । राजनीतिको आवरणमा हुने जुनसुकै अपराधीक र हिंसात्मक घटनाको हामी घोर भत्सर्ना गर्दछौ । यस्ता आतंककारी शैलीका अभियानले तपाईंले भनेको समाजवाद आउदैन भन्दै शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन पनि आग्रह गर्दछौं । वर्तमान सरकारले अगाडि सारेको सम्बृद्दीको महा अभियानमा साथ दीदै हत्या हिंसाको राजनीति त्यागी समाजवादको आधार तयार गर्ने महान कार्यमा जुटन हामी हार्दिक अपिल गर्दछौ। जुन सुकै आवरणमा भए पनि अपराधीक र हत्यारो कृयाकलापमा सम्लग्न सबैलाई हाम्रो संगठन जोडदार कारवाहीको माग गर्दछ । साथै यो घटनामा परि अनाहकमा ज्यान गुमाउने प्रति गहिरो दुख सहित हार्दिक श्रद्धाञ्जली , घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना।