काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६८ बर्ष पुगेका छन् । आफ्नो जन्मदिनका अवसरमा प्रधानमन्त्री ओली र उनकी श्रीमती प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री निवास वालुवाटारमा आँप र अम्बाको बिरुवा रोपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर बुबा मोहनप्रसाद ओली र पत्नी शाक्यलाई खुवाएका थिए ।


ADVERTISEMENT

# # #


ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन् ।