काठमाडौँ– धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको क्वालिफायर्सको पहिलो खेल आज हुँदैछ । फाइनल प्रवेशका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सीवाइसी अत्तरिया र ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौँ गोल्डेन्सबीच भिडन्त हुँदैछ ।


ADVERTISEMENT


ड्रिम फाप्ला मैदानमा डीपीएलको पहिलो क्वालिफायर खेल दिउँसो १२ बजेर ३० मिनेटमा सुरु हुनेछ । समूह चरणको शीर्ष स्थानमा रहेको अत्तरिया पहिलो पटक डीपीएलको फाइनल प्रवेश गर्ने रणनीतिमा रहेको छ भने गत वर्ष फाइनल पुगेको काठमाडौँ आफ्नो यात्रालाई निरन्तरता दिन चाहन्छ ।


ADVERTISEMENT

# # #


समूहचरणको अन्तिम खेलमा हिजो अत्तरियासंग काठमाडौँ ७ विकेटले पराजित भएको थियो । काठमाडौँलाई आज बदला लिने अवसर रहेको छ ।

लिगको शीर्ष स्थानमा रहेको अत्तरियाले पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोर्दै आठ अंक बनाएर पहिलो क्वालिफायरमा प्रवेश गरेको थियो । त्यस्तै, पाँच खेलमध्ये तीन खेलमा जित, एक खेलमा हार र एक खेल वर्षाको कारण रद्द भएपछि सात अंक बनाएको काठमाडौं पनि लिगको दोस्रो हुदै क्वालिफायरमा प्रवेश गरेको थियो ।