लहान– सिरहा प्रहरीले भारीमात्रामा लागू औषधसहित २ जना लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया सिराहाबाट खटिएको प्रहरी टोलीले सिराहा नरहा गाउँपालिका वडा नंम्बर ३ स्थित नयाँ चोहर्वा सडक खण्डमा दुई जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीले चेक जाँच गर्ने क्रममा स २ प ४४७९ नम्बरको मोटरसाइकलमा आएका जिल्ला सिराहा गोलबजार नगरपालिका वडा नंम्बर ८ बस्ने २२ वर्षीय दिपेन्द्र यादव , जिल्ला उदयपुर कटारी नगरपालिका वडा नम्बर १ बस्ने २५ वर्षीय गोकर्ण थापालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


उनीहरुमाथि आवश्यक अनुसन्धान प्रकृया आगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता डिएसपी माधव राज खरेलले जनाएका छन् ।