काठमाडौँ– युएईले दिएको १०८ रनको लक्ष्य पच्छ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । ८ रन बनाएका प्रदीप ऐरी आउट भएका हुन् । यसअघि कप्तान पारस खड्का शून्य रनमा आउट भएका थिए ।


ADVERTISEMENT


प्रदीपले ८ बलमा एक चौका प्रहार गरेका थिए ।  पारस मोहम्मद नाभिदको बलमा सैमन अनवरको हातबाट क्याच आउट भए भने प्रदीप अमिर हायातको बलमा मोहम्मद उस्मानबाट क्याच भए ।


ADVERTISEMENT

# # #


अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र करण केसी रहेका छन् ।