काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बामपन्थी र कम्युनिष्ट भन्ने पार्टी र व्यक्तिलाई एमालेमा समाहित हुन आग्रह गरेका छन् ।


ADVERTISEMENT


सोमबार ललितपुरमा आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिलाल ज्ञवाली स्मृति ग्रन्थ विमोचन गर्दै ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्ने काममा पार्टी लागेको भन्दै आफूलाई बामपन्थी र कम्युनिष्ट भन्ने पार्टी र व्यक्तिलाई एमालेमा समाहित हुन आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले एमालेले स्वार्थका लागि होइन सफलताका लागि एकताको अभियान चलाउने बताउनुभयो । ओलीले अहिले देशमा एउटा भुईँफुट्टा वर्ग जन्मिएको बताउँदै त्याग, बलिदान र योगदान बिर्सने मात्र नभइ योगदानको समेत अवमूल्यन गर्ने प्रवृत्ति बढेको प्रति चिन्ता व्यक्त गरे ।

एमाले वैचारिक र राजनीतिक रूपमा स्पष्ट भएको उनको भनाई छ । ओलीले चुनावी तालमेलदेखि पार्टी एकतासम्मको काम गरेर कम्युनिस्ट पार्टीलाई अघि बढाएको भए पनि त्यसलाई टिकाइराख्न नसकेको जनाए ।

ओलीले बामदेव गौतमले आफू एमालेमा फर्कन चाहेको भनि राखेको एकताको भावना निक्कै सकारात्मक भावना भएको बताए । त्यस विषयमा छुट्टै बसेर छलफल गर्ने उहाँले जानकारी दिए । गौतमको राष्ट्रिय एकता महाअभियान सफल होस् भन्दै ओलीले शुभकामना दिए ।

त्यसअघि कार्यक्रममा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतमले आफु निकै अघिदेखि एमालेमा आउन चाहेको भन्दै पार्टीले उचित जिम्मेवारी दिनुपर्ने धारणा राखका थिऐ । यसअघिका गल्ती कमजोरीको आत्मालोचना गर्दै एमालेमा आउन चाहेको उनले बताए । उनले नेकपाको फुटर २०५४ सालको एमाले विभाजनमा आफ्नो कुनै भूमिका नरहेको जिकिर गरे ।

गौतमले एमालेलाई सहयोग गर्नेगरि आफु आउन चाहेको र ८४ को निर्वाचनमा अहिलेको भन्दा बढि उपलव्धी हासिल गर्न सकिने धारणा राखे ।