काठमाडौँ– युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी टी–२० सिरिज अन्तर्गत दोस्रो खेलमा आयोजक युएईले नजेपाललाई रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको युएईले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनायो । उसका लागि सीपी रिजवानले ४४ रन बनाउनु बाहेक अन्यले खुलेर खेल्न सकेनन् ।  रिजवानले ४३ बलमा ४ चौका र एक छक्का हाने ।  यस्तै सैमन अनवर १४ र मोहम्मद बूटाले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने अभिनास बोहराले ३ विकेट हात पारे । अभिनासले ४ ओभरमा २० रन खर्चिएर उत्कृष्ट योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले पहिलो र दोस्रो विकेट दिलाए । सोमपालले नेपाललाई पहिलो विकेट दिलाउने क्रममा अस्फाक अहमेदलाई ४ रनमा आउट पारे । उनले अस्फाकलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए । यस्तै दोस्रो विकेटका रुपमा उनले गुलम सब्बीरलाई ६ रनमा पेवेलियनको बाटो देखाए । सब्बीरलाई विकेटकिपर प्रदीप ऐरीले क्याचआउट गरे ।

छैटौँ ओभरमा बलिङमा आएका सन्दीप लामिछानेले उक्त ओभरमा दुई विकेट निकाल्दै युएईलाई दबाबमा राख्न सफल भए । सन्दीपले आफ्नो पहिलो ओभरको पहिलो बल डट फाले । दोस्रो ओभरमा १ रन दिएका सन्दीपको तेस्रो बलमा सैमन अनवरले २ रन जाडे । चौथो बलमा भने सन्दीपलाई अनवरले छक्का ठोके । यसलगत्तै सन्दीपले कमब्याक गरे ।

उनले पाँचौँ बलमा सैमनलाई आउट पारे भने ओभरको अन्तिम बलमा मोहम्मद उस्मानलाई गोल्डेन गकआउट पारे । सैमनले १० बलमा १ छक्का र १ चौकाको मदतमा १४ रन बनाउँदा उस्मान शून्य रनमै फर्किन बाध्य भए । अनवर र मोहम्मद उस्मानलाई कप्तान पारसले नै क्याच गरेका थिए ।

हिजो भएको पहिलो खेलमा २१ रनको हार ब्यहोरेको नेपाल आज जित निकालेर श्रृंखलामा आफ्नो सम्भावना कायमै राख्न चाहन्छ ।