काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खला अन्तर्गत दोस्रो खेलमा नेपालले शुक्रबार खेल्दैछ ।


ADVERTISEMENT


दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा बिहीबार भएको पहिलो खेलमा युएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यसहित खेल्ने छ ।


ADVERTISEMENT

# # #


तीन खेलको शृङ्खलामा नेपाल १–० ले पछि परेको छ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २–१ ले जितिसकेको छ ।