काठमाडौं– स्मार्ट टेलिकमकम्पनीले इजिलोन अफर प्रस्तुत गरेको छ । यससँगै स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स १ रुपैयाँ वा सोभन्दा कमभएको अवस्थामा १० रुपैयाँको ब्यालेन्स लोन प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT


यसरी प्राप्त भएको ब्यालेन्स प्रयोग गरी स्मार्टले प्रदान गरेका सम्पूर्ण सेवाहरु प्रयोग गर्न सकिनेछ । लोन लिइएको रकम र सेवा शुल्क भने अर्को पटकको रिचार्जमा कट्टा गरिने कम्पनील जनाएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी स्मार्टका ग्राहकहरुले नेट टिभि डाउनलोड गरी लगइनमा आफ्नो मोबाइल नम्बर प्रयोग गरी न्यूनतम शूल्कमा नेटटिभिमा उपलब्ध हुने प्रिमियम च्यानलहरु हेर्न सकिने जनाएको छ । कम्पनीले साप्ताहिक सदस्यताको लागि २९ रुपैयाँ, १४ दिनको लागि ५२ रुपैयाँ र एक महिनाको लागि ८७ रुपैयाँ तिरेर नेटटिभिको सुविधा प्राप्त गर्न सक्ने जनाएको छ ।