काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडको दमक नगरपालिका वडा नं. ५, क्याम्पसमोड झापामा नयाँ शाखा सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


उक्त शाखाको दमक नगरपालिकाका मेयर रोम नाथ ओलीले आइतबार उद्घाटन गरेका हुन् । २०७५ भाद्र, १६ गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा मेयर ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


बैँकले मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।