मोरङ – स्थानीय प्रशासनले मोरङको विराटनगर-विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्म साढे तीन किलोमिटर क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।


ADVERTISEMENT


विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको हो ।


ADVERTISEMENT

# # #


सुन्दर हरैंचा नगरपालिका वडा नं ११ सिसौघारीमा सोमबार बिहान ना ३३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट ११ बर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको छ । उत्तरी मोरङका खोलानालामा टिपर र ट्रकहरु बढी मात्रामा चल्न थालेपछि सडकमा दुर्घटनाको जोखिम बढेको छ ।

सोमबार विहान बिराटनगरतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ठक्कर दिने टिपरसहित ७ वटा सवारी साधन जलाएको बेलबारी प्रहरी कार्यालयले जानकारी दिएको छ । वालिकालाई ठक्कर दिने सवारी चालक फरार रहेको प्रहरीको भनाइ छ ।

सडकमा जलिरहेका टिपरहरुको दृश्य हेर्दा बिराटचोक केहीबेर रणभूमिजस्तै देखिएको स्थानीय बताउँछन् । स्थानीयवासीले वालिकाको शव सडकमै राखेर दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
जलिरहेका ६ वटा टिपर र एउटा ट्रकको आगो निभाउन आएका बारुणयन्त्रलाई समेत स्थानीयले अवरोध गरेपछि स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको हो । टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा जारी गर्नु परेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

विराटनगरमा बसेको जिल्ला सुरक्षा समिति मोरङको आपतकालीन बैठकले अर्को आदेश नभएसम्म निषेधित क्षेत्र घोषणा गरिएको केसीले जानकारी दिए ।