नेपालगञ्ज । नेपालगञ्जमा आज दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएकाे छ।


ADVERTISEMENT


भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका-२३ जङ्गली सिंहपुरवाका ३७ वर्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो।


ADVERTISEMENT

# # #


चट्याङ लागेर गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए।