काठमाडौं – कांग्रेसका अवरोधका बीच चिकित्सा विधेयक पास भएपछि सत्तापक्षका सांसद योगेश भट्टराईले डा गोविन्द केसीका पनि माग पूरा भएकाले उत्सव मनाउनुपर्ने बताएका छन् । बंठकपछि प्रतिक्रिया दिँदै नेता भट्टराईलेडा. केसीको सत्याग्रहले जितेको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT


“हामी यहीँबाट भन्न चाहन्छौँ, डा. केसी तपाईं अनसनबाट उठेर काममा जानूहोस् । तपाईंको अनसनले जितेको छ । यतिमात्रै होइन डा. केसीले अब कहिल्यै अनसन बस्नु पर्दैन ।” त्यस्तै भट्टराईले चिकित्सा शिक्षा विधेयकका पास भएपछि चिकित्सा शिक्षाका क्षेत्रमा क्रान्तिकारी फड्को मारेको बताएका छन् ।


ADVERTISEMENT

# # #


समन्धित समाचार :

– ‘कांग्रेसलाई जसले जिस्कायो, त्यो सक्किएको छ, ईतिहास फेरी दोहोरिन्छ’ : गगन थापा

– अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सडक र सदनबाट आन्दोलन गर्छौँ : देउवा

– काँग्रेसको नाराबाजीकै बीच सत्तापक्षले बहुचर्चित चिकित्सा बिधेयक पास गर्यो

– पत्रकार सम्मेलन गरेर डा. केसीले भने, ‘नैतिकताबाट च्यूत भएका प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’

उनले विधेयक पारित गर्दा सबै दलको सहमतिमा यो विधेयक पास हुने अपेक्षा गरिएको भए पनि त्यसको हुन नसकेको बताउँदै प्रमुख प्रतिपक्षी दलको विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने धारणा राखे । “यो विधेयक पास गरेर नेपालका विद्यार्थी र जनतालाई फाइदा भएको छ, घाटा भएको छ भने विदेशी व्यापारीलाई भएको छ,” उनको भनाइ थियो ।