काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका यसका युवा नेता गगत थापाले सभामुखले जालझेलपूर्ण व्यवहार गर्दा चिकित्सा शिक्षा विधेयक पारित भएको बताएका छन् ।


ADVERTISEMENT


‘छलफल गर्न सर्वदलीय बैठक बोलाएर सकेसम्म म निकास निकाल्छु, निकास निकाले पनि सदनमा म मुठभेट हुन दिन्नँ, अर्थात् तपाईहरुको विरोध भयो भने म सदनको कारबाही अगाडि बढाउँदिनँ भन्ने सन्देश हामीलाई प्रवाहित गर्नु भएको थियो ।’ संसद बैठकपछि सञ्चाकर्मीसंग कुरा गर्दे नेता थापाले भने, ‘तर सदनमा आएर बैठक सुरु गरिसकेपछि उहाँले जालझेल गर्नुभयो ।’


ADVERTISEMENT

# # #


शुक्रबारको दिन सरकारी कामकाजमाथि छलफल हुँदैन भन्नुपर्नेमा सभामुखले सरकारको आदेशपालक जस्तो व्यहार गरेको जिकिर गरे । विधेयक पास गराउनका लागि सरकारभन्दा बढी सभामुख लागेको बताए ।

विधेयकका विषयमा कांग्रेस छलफलका लागि तयार रहँदा पनि छलफलको प्रयास समेत नगर्नुले दुई तिहाईको दम्भ देखाएको आरोप लगाए । ‘सदनमा यसरी उभिरहेको प्रमुख प्रतिपक्षलाई त निषेध गर्छु भन्ने सरकारले देशैभरि एउटा सन्देश दिन खोजेको छ कि मसंग दुई तिहाई छ, जो मसंग रहन्छ रहन्छ, मसंग विरोध गर्ने वा असहमति राख्ने कसैलार्य पनि चिन्दिनँ भन्ने सन्देश दिएको छ ।’ उनले भने, ‘सकरारले निषेधको राजनीति प्रारम्भ गरेको छ । यसको प्रतिउत्तर हामी दिन्छौँ ।’

‘सरकारले गोविन्द केसीका ९५ प्रतिशत माग पूरा भएको जिकिर गरिरहेको छ । ५ प्रतिशत माग पूरा भएको छैन । त्यो ५ प्रतिशत मागको लागि सरकार कस्तो जोखिम मोल्न तयार भयो ? सरकार प्रमुख प्रतिपक्षीसंग मुठभेट गर्न तयार भयो । सरकार गोविन्द केसी मरे मरोस् भन्न तयार भयो । त्यो केका लागि भन्दा पाँच प्रतिशतका लागि । त्यो पाँच प्रतिशत भनेको के हो र कसका लागि हो ?’ उनले प्रश्न गरे ।

दुईटा अमुख मेडिकल कलेज खोल्नका लागि नेपाल सरकार प्रतिपक्षीसंग लड्न तयार रहेको र एउटा सत्याग्रहीको जीवन समाप्त पार्ने खेलमा लाग्नुले सरकार शक्तिशाली कि एउटा व्यापारी शक्तिशाली भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताए ।

उनले अबका दिनमा सदन र सडकबाटै यसको आन्दोलन गर्ने चेतावनी दिँदै उनले भने, ‘कांग्रेसलाई जसले जिस्काएको छ, त्यो सकिएको छ । इतिहास फेरि दोहोरिन्छ ।’

समन्धित समाचार :

– काँग्रेसको नाराबाजीकै बीच सत्तापक्षले बहुचर्चित चिकित्सा बिधेयक पास गर्यो

– अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सडक र सदनबाट आन्दोलन गर्छौँ : देउवा

– योगेश भन्छन् : ‘गोविन्द केसीको जित भयो, उत्सव मनाउन अब अनसन तोड्नुहोस्’

– पत्रकार सम्मेलन गरेर डा. केसीले भने, ‘नैतिकताबाट च्यूत भएका प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’