काठमाडौँ– ब्याटिङ चल्न नसकेपछि नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय खेलमा हार ब्यहोरेको छ । ११४ रनको सामान्य दिएको नेपाललाइइ युएइले तीन विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


दुबईस्थित आइसिसी एकेडेमी ओभलमा घरेलु टोली युएईविरुद्ध नेपाल ३३.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमै समेटियो । सामान्य लक्ष्य भएपनि युएईले लक्ष्य भेट्टाउन ७ विकेट गुमाउनु पर्यो ।  ११४ रनको लक्ष्य पच्छ्याउँदै मैदानमा उत्रिएको युईको सुरुवाती र मध्येक्रममा ब्याटिङ राम्रो हुन सकेन ।


ADVERTISEMENT

# # #


ब्याटिङ नचलेपनि बलिङ भने नेपालको कसिलो रह्यो । नेपालका लागि पारस खड्का, करण केसी र सन्दीप लामिछानेले समान २२ विकेट लिएपछि युएईको ब्याटिङ एक समय धर्मराइसकेको थियो । १९.५ ओभरमा युएई ७३/७ को अवस्थामा थियो तर आठौँ र र नवौँ नम्बरमा आएका अमिर हायात र इमरान हैदरले जित दिलाएर फर्किए । उनीहरुले नटआउट ४३ रनको साझेदारी गरेपछि युएइएले ३२.१ ओभरमा सात विकेटको क्षतीमा जित हासिल गरेको हो ।

युईलाई जित दिलाउन गुलम सब्बीरले सर्वाधिक ३० रन बनाए । ४८ बलमा उनले ३ चौका प्रहार गरे । यस्तै अमिर हायात २४ र इमरान हैदरले १८ रन बनाए । यस्तै सैमन अनवारले ११ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि पारस खड्काल ७ ओभरमा २३ रन खर्चिए भने करण केसीले ९ ओभरमा ३१ र सन्दीप लामिछाने ९.१ ओभरमा ३४ रन दिएर समान २२ विकेट लिए । सोमपाल कामीका नाममा १ विकेट रह्यो ।

यसअघि नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन प्रहार गर्दा तीन जना ब्याट्सम्यान खाता नै खोल्न नपाई आउट भए । नेपालका सुरुवात आज पनि राम्रो हुन सकेन । सँधैँ आलोचना खेपिरहेको नेपाली ओपनिङ ब्याटिङ आज पनि धर्मरायो । नेपालले पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ललाई गुमायो । उनी इनिङको चौथो बलमै युएईका कप्तान मोहम्मद नाभिदको बलमा विकेटकिपर गुलम सब्बिरको हातबाट खाता खोल्न नपाउँदै क्याच आउट भए । ज्ञानेन्द्रले चार बलमा कुनैपनि रन हान्न सकेनन् ।

यस्तै बिनोद भण्डारीले पनि टिमलाई चाहिएको योगदान दिन सकेनन् । एकदिवसीय खेलमा आजै डेब्यू गरेका उनले १४ बलमा मात्र १ चौकाको मदतमा मात्र ५ रन बनाए । त्यसपछि आएका सोपाल कामीले कप्तान पारस खड्कासंग मिलेर २८ रनको साझेदारी गरे । तर, कप्तान पारस ११.५ ओभरमा क्वादिर अहमेदको बलमा आउट भएपछि नेपालको अवस्था ४४/३ को अवस्थामा पुगेको थियो ।

त्यसपछि तीत रन जोड्न नपाउँदै दीपेन्द्र सिंह ऐरी फहाद नवाजबाट रन आउट हुनपुगे । छैटौँ नम्बरमा आएका आरिफ सेखले सोमपालसंग मिलेर इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर २०.५ ओभरमा ३० रन बनाएका सोमपाल इमरान हैदरको बलमा एलबीडब्ल्यूको शिकार भए । उनले ३ चौका प्रहार गरे । त्यसपछि नेपालको विकेल लगातार गइरह्यो । छैटौँ विकेटका रुपमा पवन सर्राफ ४ रन बनाएर आउट हुँदा सातौँ र आठौँ विकेटका रुपमा करण केसी र वसन्त रेग्मी क्रमश ३ र शून्य रनमा पेवेलियन फर्किएपछि नेपालको इनिङ २४.५ ओभरमा ८१/८ को दयनिय अवस्थामा पुग्यो ।

सन्दीपले आरिफसंग मिलेर नवौँ विकेटका लागि २५ रनको साझेदारी गरेपछि नेपालले सय रनको स्कोर पार गर्यो । तर, ३० औँ ओभरको अन्तिम बलमा आरिफ २५ रन बनाएर पेवेलियन फर्किए । यस्तै सन्दीपले २७ बलमा १५ रन बनाउँदा ललित नारायण राजवंशी २ रनमा नटआट रहे ।

नेपालको इनिङ धराशायी पार्ने क्रममा युइएका कप्तान मोहम्मद माभिद र अमिर हायातले समान ३/३ विकेट लिए । नाभिदले ७ ओभरमा ३१ रन खर्चिए भने हायातले ७.५ ओभरमा १९ रन खर्चिए । यस्तै इमरान हैदर २ र क्वादिर अहमेद ले १ किेट लिए ।

नेपालले अर्को एक दिवसीय खेल भोलि (शनिबार) खेल्नेछ ।