काठमाडौं । स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले बार्सिलोनासँग अंक दूरी घटाउँदै लगेको छ । लिग अन्तर्गत आइतबार बेलुका भएको खेलमा एट्लेटिकोले लिभान्तेलाई १–० गोलले हरायो ।


ADVERTISEMENT


एट्लेटिकोको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा एन्टोइन ग्रीजम्यानले गोलगर्दै घरेलु टोलीको जित सुनिश्चित पारेका थिए । ग्रीजम्यानले ५७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल निर्णायक बनेको थियो ।


ADVERTISEMENT

# # #


जितसँगै एट्लेटिकोले शीर्ष टोली बार्सिलोनासँग दुई अंकको अन्तर राखेको छ । यद्यपी बार्सिलोनाले आइतबार राती नै इबरसँग खेल्दैछ । बार्सिलोनाको १८ खेलबाट ४० अंक छ । १९ खेल खेलेको एट्लेटिकोको ३८ अंक छ । लिभान्ते २३ अंक सहित ११औं स्थानमा छ ।