काठमाडौं । सरकारको निगरानी गर्न काग्रेसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छन्।


ADVERTISEMENT


रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदा ६३ मध्ये १० सांसदले नाम टिपाएका छन्।


ADVERTISEMENT

# # #


सांसदलाई नाम टिपाउन कांग्रेसले एक साताको समय दिएको छ।

अलिहेसम्म दिलेन्द्रप्रसाद बडू, देबेन्द्रराज कँडेल, भीमसेनदास प्रधान, डा. डिना स्रंग्रौला, सुजाता परियार, देवप्रसाद तिमल्सेना, तेजुलाल चौधरी, मीनाक्षी झा, जिपछिरिङ लामा र रामबहादुर विष्टले छाया सरकारको मन्त्री बन्न आवेदन दिएका छन्।