किशोर विश्वकर्मा, विराटनगर– मोरङको लेटाङमा सबै धर्महरुलाई समेट्ने गरी शान्तिपार्क निर्माण हुने भएको छ । लेटाङ नगरपालिका– १ भोगटेनीमा रहेको राजारानी क्षेत्रलाईबहुधार्मिक गन्तब्यबनाउने उद्देश्यले प्रदेश सरकारको पहलमा सबै धर्मलाई समेट्ने गरी बहुधार्मिक गन्तव्य स्थलका रुपमा शान्तिपार्क बनाउन लागिएको हो ।


ADVERTISEMENT


प्रदेश सरकारको स्वामित्वमा बन्न लागेको सो शान्तिपार्कको डिजाइन तयार भईसकेको छ । प्यागोडा, गुम्बज, शिखर र मुगल शैलीमा निर्माण गरिने सो शान्तिपार्कमा धर्मअनुसारका ५ वटा धार्मिकस्थल प्रवेशद्धार निर्माण गरिने छ । जसमा सबै धर्मको अर्थ खुल्ने गरी धार्मिक संग्राहलय निर्माण गरिने छ । शान्तिपार्क निर्माणसम्बन्धी लेटाङ नगरपालिका १ नं वडा कार्यलयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबैधर्मका द्वारहरु फरक फरक भएको तर सबैको गन्तव्यशान्ति र समृद्धि भएकोले सबैधर्मको साझाथलोको रुपमाशान्तिपार्क निर्माण गर्न लागिएको बताए ।


ADVERTISEMENT

# # #


राजारानी सिमसार पर्यटकीय तथा धार्मिक स्थलको अवलोकन पश्चात अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्क निर्माणका सबै दायित्व प्रदेश सरकारले लिने बताउँदै प्रदेश सरकारले चाँडै नै कार्यदल बनाएर औपचारिक रुपमा काम थाल्ने बताए । उनले भने ‘यसको नाम शान्ति धाम रहनेछ । त्यसको दायित्व सम्पूर्ण प्रदेश सरकारले लिन्छ र यथाशिघ्र कार्यदल बनाएर काम सुर हुनेछ ।’

त्यस्तै पार्क डिजाईनर विक्रमश्रीले सो पार्कको डिजाईनको बारेमा जानकारी दिए । सबै धर्मका धर्मगुरुहरुसँग छलफल गरेर डिजाईन तयार गरिएको र अझै विस्तृत छलफल गरेर त्यसलाई अन्तिम रुप दिईने बताउँदै उनले सम्पुर्ण धर्मका वास्तुलाई एकैठाउँमा समावेश गरेर संरचना तयार गरिने बताए । प्रदेश १ का प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले राजारानी क्षेत्र ऐतिहासिक र विभिन्न विविधताले भरिएकोले यसक्षेत्रमा विभिन्न मुलुकबाट पर्यटक समेत भित्र्याउन सकिने बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्कका परिकल्पनाकार भुपेन्द्र लावतीले आफुहरुले विभिन्न धर्मका धर्मगुरुहरुलाई एकैठाउँमा उभ्याएर र विभिन्न धर्मका अनुयायीहरुलाई एउटै प्रवचन दिने योजना अनुरुप त्यसलाई मुर्तरुप दिन पार्कको परिकल्पना गरेको बताए । कार्यक्रममा लेटाङ नगरपालिका वडा नं १ काअध्यक्ष विष्णुकुमार भगतले लेटाङमा पार्क निर्माण हुँदा यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने उल्लेख गरे ।