काठमाडौँ– जाजरकोटमा एनआईसी एशिया बैंकले नयाँ शाखा कार्यालय सञ्चालन गरेको छ । बैँकले जिल्लाको नलगाड नगरपालिका वडा नं ७ स्थित डल्लीबजारमा बैँकङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


उक्त शाखाको नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले शुक्रबार एक समारोहका बिच उद्घाटन गरे ।


ADVERTISEMENT

# # #


बैंक मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।