डडेलधुरा– डडेलधुराको आलिताल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बलबहादुर गुरुङ बिजयी भएका छन् । उनले २ हजार २६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जगत पार्कीले २ हजार ९८लाई ल्याएका छन् । पार्कीले १७३ मतअन्तरले हारेका हुन्


ADVERTISEMENT


त्यस्तै उपप्रमुखमा पनि नेपाली कांग्रेसकी ज्वाला बोगटी विजयी भएकी छन् । उनले माओवादीकी हरिना खत्रीलाई २२४ मत अन्तरले पराजित गरिन् । बोगटीको पक्षमा २ हजार २४२ मत परेको छ । उनको निकटतम प्रतिद्वन्दी हरिना खत्रीले १ हजार ९९४ मत पाएकी छन् ।


ADVERTISEMENT

# # #


भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट कौशिला भट्ट विजयी भएकी छन् । भट्टले २ हजार ७ मत ल्याएर विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्दी एमालेका विष्णु ठकुराठीले १ हजार ८४४ मत ल्यएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसकै पदम बोहरा १ हजार ८४४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी एमालेकी कमला मालीले १ हजार ४९५ मत पाएकी छन् ।

डडेल्धुराको अमरगढी नगरपालिकामा एमाले र अजयमेरु गाउँपालिकामा माओवादी केन्द्र विजयी भएका छन् ।