काठमाडौं – जावलाखेल डिस्टिलरीको कार्यकारी निर्देशकमा बैंकर शशिन जोशी नियुक्त भएका छन् । नविल बैंकको सीइओ भइसकेका जोशी ग्रुप अफ कम्पनीको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । यसअघि उनी डिस्टीलरीको सल्लाहकार थिए ।


ADVERTISEMENT


दुई महिना अघि नै कम्पनीले आफूलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जोशीले जानकारी दिए । व्यवस्थापनको क्षेत्रमा आफूले हासिल गरेको ज्ञान र अनुभवलाई डिस्टीलरीको हितका लागि काम गर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


३५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा रहेका जोशी पछिल्लो समय नविल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएर बसेका थिए ।

जावलाखेल डिस्टीलरी ग्रुम अन्तर्गत आधा दर्जनभन्दा बढी कम्पनी छन् । यो डिस्टीलरीका प्रोडक्टहरु मध्ये रुस्लान भोड्का सबैभन्दा लोकप्रिय छ । कम्पनीले विभिन्न ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ ।