काठमाडौं । डा. गोबिन्द केसीका बिरुद्ध राजधानीमा युवा अभियन्ता र बिधार्थीहरुले आन्दोलन गरेका छन् ।


ADVERTISEMENT


चिकित्सा शिक्षा बिधेयक खारेज गर्नुपर्ने, मेडिकल कलेज खोल्न रोकेर डाक्टर पढ्न पाउने बिधार्थीहरुको अधिकार खोस्न नहुने, काठमाडौं बाहिर मेडिकल कलेजको पहुँच पुग्नु पर्ने लगायतका मागहरुको नारा लगाउँदै राजधानीको माईतिघर मण्डलाबाट सिँहदरबार तर्फ प्रदर्शन गरिएको हो ।


ADVERTISEMENT

# # #


गोबिन्द केसीका कारण चिकित्सा शिक्षा बिधेयक पटक पटक रोकिएको र यस्ले देशकै शिक्षा स्वास्थ्यमा अबरोध आएको भन्दै राष्ट्रिय झण्डा बोकेर चर्को नाराजुलुस सहित अघि बढेको आन्दोलनलाई संसद भवन नयाँ बानेश्वर तर्फ अघि बढ्दा प्रहरीले रोकेको थियो ।

सरकारी तलब भत्ता खाएर अनसनको नाममा देशलाई नै डा. केसीले अस्तब्यस्त पारेको भन्दै सडकमा उत्रिनेहरुमा केसी बिरुद्ध अनसन बस्ने उद्घोष गरेका युवा अभियन्ता बिजय थापा लगायत सयौं युवा अभियन्ता तथा बिधार्थीहरुले बलत्कारिलाई सजाय दिनुपर्ने समेत आवाज उठाए ।

मागलाई वेवास्था गरे परिणाम राम्रो नहुने भन्दै आन्दोलनकारीहरुले पर्चा समेत बाँडेका छन् ।