काठमाडौं – निर्मला पन्त हत्या प्रकरणको छानबिन अन्तिम चरणमा पूर्याएपछि यस्को नेतृत्व लिएका एआईजीपी धीरु बस्न्यातले भनेका थिए “छानबिन प्रतिबेदनले अनुसन्धानका मुख्य पाटाहरु खुल्छन् ।”


ADVERTISEMENT


यो पढ्नुहोस् : एआईजीपी धीरु बस्न्यातको छानबिन प्रतिवेदनबाटै निर्मला हत्या प्रकरणका मुख्यपाटाहरु खुल्दै !

एआईजीपी बस्न्यातले घटनाको ५१ दिन पछि पाएको जिम्मेवारीलाई पुरा गर्दै ‘‘अनुसन्धानको कलालाई लागु र प्रयोग गर्ने हो भने मरेको लासले मार्ने मानिससम्म पुर्याउँछ’’ भन्ने निष्कर्ष सहित छानबिन समितीको प्रतिबेदन प्रहरी महानिरिक्षक समक्ष बुझाएका थिए ।


ADVERTISEMENT

# # #


यो पढ्नुहोस् : निर्मला प्रकरणमा बस्न्यात प्रतिवेदनको खुलासा, “छानबिन समितीलाई नै टेलिफोनमा धम्की दिईयो !”

यो संगै एआईजीपी बस्न्यात नेतृत्वको छानबिन समितिको प्रतिवेदनकै आधारमा घटनाको अनुसन्धानमा प्रमाण नष्ट गर्ने र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिने आठ प्रहरी अधिकारीहरु विरुद्ध मुद्दा चलाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएका छन् ।

सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा चलाउन निर्देशन दिइएको श्रोतले जानकारी दिएको छ ।

एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्सपेक्टर खड्कालाई भने दिलीपसिंह विष्टलाई यातना दिएर अपराध कबोल गर्न लगाइएकोमा यातनासम्बन्धी मुद्दासमेत चलाउन निर्देशन भएको छ । उनीहरूलाई हिरासतमै राखेर मुद्दा चलाउन लागिएको छ ।

एआईजीपी बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन कञ्चनपुर पठाइएको जानकारी प्राप्त भएको छ ।

तर अझै पनि बस्न्यात नेतृत्वको प्रतिबेदनको पुरा अँश किन सार्बजनिक भईरहेको छैन ? प्रतिबेदनले औँल्याएका दोषीहरु मथि कारबाही अघि बढाउन सुरु गरेको प्रहरी प्रधान कार्यालयले अनुसन्धानलाई नै निष्कर्षमा पूर्याउन सकिने गरी तयार पारिएको भनिएको प्रतिबेदनलाई ब्रह्मअस्त्रका रुपमा किन प्रयोग गरिरहेको छैन ?

गत पुष २ गते बुझाईएको प्रतिबेदन सार्बजनिक नगर्दा सम्म एकातिर अनुसन्धानमा लाग्दै आएको आशँका निवारण हुन सक्ने छैन भने अर्कातिर प्रहरी संगठनकै क्षमता र प्रतिष्ठा माथि उठाईएको प्रश्न अनुत्तरित नै रहिरहनेछ ।

प्रतिवेदनले छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई नै सत्य तथ्य बाहिर नल्याउन भन्दै टेलिफोन मार्फत चुनौति दिएका विषयहरु देखि टेलिफोनबाट धम्की दिने व्यक्तिले छानबिन समितिमा रहेका दुईजना सदस्यको नाम लिँदै उनीहरु ‘आफ्ना मान्छे हुन्’ भनेको अडियो टेपसमेत समेटेको छ ।

निर्मलाको हत्या भएको २४ दिनपछि घटनास्थलमा लुगाको टुक्रा नक्कली प्रमाणका रुपमा राखिएको, कन्चनपुरका तत्कालीन डीएसपी अंगुर जिसीले पोलीग्राफी टेस्ट गर्न नमानेको लगायतका तथ्यहरु प्रतिबेदनले औँल्याएको बुझिएको छ । छानबिनका क्रममा बयान दिनेहरु मध्ये ८ जनाले ‘पोलीग्राफी टेस्ट’मा झुटो बोलेको समेत प्रतिवेदनमा छ ।

प्रहरी महानिरिक्षक खनालले प्रतिबेदनकै आधारमा दोषी औँल्याईएकाहरु उपर कारबाही अघि बढाउने प्रयास गरिरहँदा घटनाको सत्य तथ्य र यथार्थ दृष्य सहितको प्रतिबेदनलाई सबै जनताका सामु सार्बजनिक गरिदिएर अनुसन्धानलाई पारदर्शी बनाउन सके दोषी पत्ता लगाउन र निर्मलालाई न्याय दिन सबै नेपाली जनताको साथ पाउने छन् ।

प्रतिबेदन जनताका सामु प्रस्तुत गरेर दोषी उपर कारबाही चलाउँदै अनुसन्धानबाट हत्यारा पत्ता लगाएर पीडित परिवारलाई न्याय दिन सकेमा मात्रै निर्मलाको आत्मालाई शान्ति दिन भन्दै अमेरिकका भ्रमणको अवसरलाई समेत वेवास्था गर्दै छानबिन प्रतिबेदन तयार पार्ने एआईजीपी बस्न्यातले पुरा गरेको कर्तव्यको समेत सम्मान हुनेछ ।

यो पढ्नुहोस् : अमेरिकाको कार्यक्रम रद्ध गर्दै निर्मलाको हत्यारा समात्न जुटे एआईजीपी धिरु बस्न्यात