डडेल्धुरा–प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेले जित निकालेको छ ।


ADVERTISEMENT


मेयरमा नेकपा एमालेका विश्वेश्वरप्रसाद ओझा विजयी भएका छन् । उनले ३ हजार ७६८ मत प्राप्त गरे । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिल्लीराज जोशीले ३ हजार ६४० मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उपमेपरमा पनि नेकपा एमालेकै संगीता भण्डारी विजय भएकी छन् । उनले ३५१७ मत प्राप्त गरिन भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पार्वती देवी झुकालले ३३०९ मत प्राप्त गरिन् ।