खजुरा बाँके– बाँकेको कोहलपुर नगरपालिका–१ मा नेकपा एमालेका गोपी खनाल अध्यक्षमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


उनले आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै ५०९ मतका साथ अध्यक्षमा विजयी भएका हुन् । वडा नं १ मा खनालसँगै एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको हो ।


ADVERTISEMENT

# # #


उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३४४ मत र नेपाली काँग्रेसले २८० मत प्राप्त गरेका थिए ।