जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाभित्र विगत सात महीनादेखि विभिन्न चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा धनुषा जिल्ला औरही गाउँपालिका–१ का २१ वर्षीय मोहम्मद इलियाकत राइन, उपमहानगरपालिका–४ महावीर चोकका २२ वर्षीय अभिमन्युकुमार साह र महोत्तरी जिल्ला औरही नगरपालिका–३ सोनामाईका १८ वर्षीय रमेशकुमार यादव रहेका छन् ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले पक्राउ परेकाले ग्यास प्रयोग गरी सटर काटेर चोरी गर्ने गरेको बताए । पक्राउ गरिएकाबाट सामसुङ्ग ५५ इन्चको एलइडी एक, ल्यापटप एक, मोबाइल छ, खुकुरी एक थान, सुनजस्तो देखिने दाना छ, सुनजस्तो देखिने टीकाको टुक्रा सात, कानमा लगाउने सुनजस्तो देखिने झुम्का एक जोर बरामद गरिएको छ ।

चाँदीजस्तो देखिने कानमा लगाउने झुम्का एक जोर, सुनजस्तो देखिने सिक्री एक, चाँदीजस्तो देखिने कटोरा एक, चाँदीजस्तो देखिने पाउजू एक, मोती सेट भएको बाला एक, ढोका र झ¥यालमा लगाउने पर्दा १०, अक्सिजन ग्यास सिलिण्डर एक, ग्यास रेगुलेटर एक, ग्यास पाइप फलामको एक, फाइटर एक थान, ग्यास पाइप एक रिङ्ग र पाउजू एक जोर पनि बरामद गरिएको जनाइएको छ ।

बरामद गरिएका सामानमा जिल्ला प्रहरी कार्यालयमा जेठ महीनादेखि मङ्सिर महीनासम्म जाहेरी भएको नौ वटा चोरीका घटनाका सामानसमेत रहेको बताइएको छ ।