काठमाडौं । विश्व टेनिसका दुई महान खेलाडी रोजर फेडेरर र सेरेना विलियम्सबिच पहिलोपटक खेल हुने भएको छ । होपम्यान कप अन्तर्गत अमेरिकाले स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएपछि फेडेरर र विलियम्सको भेट हुने पक्का भएको हो ।


ADVERTISEMENT


होप्म्यान कपमा अमेरिका र स्वीट्जरल्याण्डबिच मंगलबार खेल हुँदैछ । मिक्स डबल्समा अमेरिकी टिममा सेरेना र फ्रान्सिस टियाफो रहने छन् । यस्तै स्वीस टिममा फेडेररसँगै बेलिन्दा बेन्सिच हुनेछन्।


ADVERTISEMENT

# # #


त्यसअघि दुवैले पुरुष र महिला एकलमा आ–आफ्ना प्रतिस्पर्धीसँग खेल्ने छन् । फेडेरर र विलियम्स दुवै ३७ वर्षका भए । उनीहरु दुईले समग्रमा ४३ वटा ग्राण्डसलाम उपाधि जितेका छन् ।