काठमाडौं । काठमाडौँ देशभरिको मौसम सामान्यतया सफा रहेपनि मंगलबार पश्चिमी पहाडी भेगमा आंशिक देखि सामान्य बदली हुने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


मौसमविद सुवास रिमालले पश्चिमी पहाडी भेगमा आंशिक बदली रहेपनि अन्य स्थानको मौसम सफा रहने जानकारी दिए । उनले तराईँ क्षेत्रका केही स्थानमा बिहानीपख कुहिरो र हुस्सु लागेको भएपनि बिस्तारै हट्ने र दिउँसो घाम लाग्ने जानकारी दिए ।


ADVERTISEMENT

# # #


काठमाडौँ उपत्यकामा पनि दिउँसो घाम लाग्ने उनको भनाइ छ । मंगलबार राति पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहनेछ । त्यस्तै पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको मौसमविद रिमालले जानकारी दिए । उनका अनुसार पश्चिमी उच्च पहाडी भूभागका एकदुई स्थानमा हल्का हिमपात पनि हुने सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकामा मंगलबार बिहानको न्यूनतम तापक्रम १.२ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद रिमालले बताए ।

केही दिनदेखि १ डिग्रीको आसपासमा रहेको काठमाडौँको तापक्रम सोमबार ०.५ डिग्रीमा झरेको थियो ।

मौसमविद रिमालले डिसेम्बरको अन्तिम र जनवरीको पहिलो हप्तालाई बढी चिसो हुने समयका रुपमा लिइने भएकोले अझै केही दिन न्यूनतम तापक्रम १ डिग्रीकै आसपासमा रहने बताए ।