काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ।


ADVERTISEMENT


तापक्रम घटेसँगै सोमबार उपत्यकामा यस वर्षकै बढी चिसो भयो।


ADVERTISEMENT

# # #


मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको न्यूनतम तापक्रम घटेर ०।५ डिग्री सेल्सियस पुगेको हो।

अब केही दिन उपत्यकाको न्युनतम तापक्रम ०।३ डिग्री हाराहारीमा रहने र निरन्तर घट्दै गए माइनसमा समेत झर्न सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार डडेलधुरा, धनकुटा, नेपालगञ्ज, सिमरा र पोखराको तापक्रम भने ४ डिग्री सेल्सियस मापन गरिएको छ।