काठमाडौं । नेपालमा हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ।


ADVERTISEMENT


सन् २०१८ को १० महिनामा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ ५८ लाख ४३ हजार हवाई यात्रु पुगेका छन्।


ADVERTISEMENT

# # #


सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या सन् २०१७ को भन्दा १ लाख ६० हजारले वढी हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक तर्फ ४३ लाख ८ सय ५५ यात्रुले सेवा लिएका छन् भने अन्तर्राष्ट्रिय तर्फ ३५ लाख ४२ हजार ५ सय ७८ हवाई यात्रुको संख्या पुगेको छ।