काठमाडौँ – नेपालको लागी स्याङयोङ मोटर्सको आधीकारीक विक्रेता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ ।


ADVERTISEMENT


यस योजना अन्र्तगत ग्राहकहरुले आफ्नो कुनै पनि गाडीसँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन ।


ADVERTISEMENT

# # #


एक्सचेन्ज अफरमा १ बर्षको निःशुल्क बीमा, आर्थिक वर्ष २०७५÷७६ को रोड ट्याक्स तिर्न नपर्ने, ३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म), पूरानो गाडिको स्पटमै उत्कृट मूलयाङ्कन गरिने, गाडीको अतिरिक्त सामान निःशुल्कको सुविधा उपलब्ध हुने छन् । यस्तै झन्झटरहित फाईनान्सको सुविधा, सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू ५ बर्ष सम्म निःशुल्क सर्भिसिङ्ग पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हँुदै आएको छ्र सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ्ग हो । कम्पनि संग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र ःएख् हरू छन् । कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।