काठमाडौं– ‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राज्य, उपभोत्ता र ट्याक्सी चालकहरुबीचमा देखिएको द्धन्द्धलाई न्युनिकरण गर्नको लागि उक्त साझा पहलको सुरुवात गरेको जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले ट्याक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोज्नु मुर्खता भएको टिप्पणी गरे । वैज्ञानिक भाडादर कायम गर्नु राम्रो रहेको भन्दै उनले ट्याक्सी चालकका समस्या पनि बुझ्नुपर्ने बताए । नीति र विधिको सवल कार्यान्वयन आजको खाँचो भएको उनको भनाई छ । उनले थपे,‘त्यसको लागि सरकारसँग हाम्रो संगठनले २०६९ सालको ट्याक्सी भाडादरलाई परिमार्जित गर्न आवश्यक सुझाव दिने र यता व्यवसायीहरुले आफ्ना गतिविधिहरुलाई प्रिय बनाउनेमा जोड दिन आग्रह गर्नेछौं।’

समाजमा ट्याक्सी व्यवसायी भन्नेवित्तिकै नाक खुम्च्याउने अवस्थाको अन्त्य गर्दै सम्मानित पेशा र सम्मानित राज्यको नागरिक भएर बाँच्ने अवस्थाको लागि आफै पहल कदमी चालेको उनले अभियान्ताहरुमा आभारसमेत व्यक्त गरे ।

‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ अभियानका संयोजक सन्तोष तामाङको अध्यक्षता आयोजित कार्यक्रममा लोकतान्त्रिक यातायात मजदुर संगठनका अध्यक्ष भरत गुरुङले २०६९ सालको ट्याक्सी भाडादरलाई परिमार्जन गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले भने,‘ट्याक्सी चालकलाई ठगी करार गरेर सरकारले हाम्रो सम्मानमाथि आँच पुर्याउने काम गरेको छ, समस्याको रहस्य र समाधान नखोज्ने, हामीलाई २०६९ को भाडादरमा सेवा गर भन्ने, अनि जनताकोबीचमा हाम्रो बारेमा भ्रम सिर्जना गर्ने काम भएको छ, यो गलत हो, निक्कै लामो समयदेखि भाडा समायोजन लागि पहल गर्दै आएका छौं । तर, सरकारले सुनेको छैन् ।’

सरकारले अहिलेपनि अवैज्ञानिक ढंगको भाडा लादेर ट्याक्सी व्यवसायीमाथि अन्याय गर्ने काम गरेको उनको गुनासो छ । सरकार, यातायात विभाग र सरोकारवाल निकायहरुले समयस्या समाधान गर्न तत्काल ध्यान दिनुपर्ने पनि उनले सुझाव दिए ।

अभियानका संयोजक तामाङले २० वर्षे सट्टा भर्नालाई नरोक्नु/नरोकाउनु भन्ने उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।

कार्यक्रममा अखिल नेपाल मजदुर संघका केन्द्रीय उपाध्यक्ष अशोक थापा, अखिल नेपाल यातायात मज्दुर संघका ट्याक्सी विषेश जिल्ला कमिटिका अध्यक्ष दुर्गा श्रेष्ठ, अभियानका सदस्य कमल पोखरेल, दिल मिर्चिङ, बलराम श्रेष्ठलगायतले ट्याक्सी भाडा समायोजनमा गम्भिर बन्न सरकारसँग माग गरेका छन् ।