हेटौंडा । हेटौँडामा नेकपा र राम्रपाका ५८ जना नेपाली काँग्रेस प्रबेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा ३० वर्षदेखि नेकपा एमालेका संगठित सदस्यहरु समेत रहेका गोविन्दप्रसाद नेपाल, ध्रुवप्रसाद अर्याल लगायत कांग्रेस प्रवेश गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा जिल्ला सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, केन्द्रीय सदस्य बद्री पाण्डे, नेतृ महालक्ष्मी उपाध्याय डिना, निवर्तमान सभापति रघुरमण न्यौपाने, सल्लाहकार रिता खनाल, महासमिति सदस्य धर्मराज लामिछाने, नगर सभापति आनन्दराम पराजुली, नेपाली कांग्रेस हेटौंडा १७ नम्बर वडा सभापति धुव्रप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरे ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १७ वडा ईकाईले शनिबार प्रशिक्षण, बृद्धबृद्धा क्रियाशिल सम्मान तथा पार्टी प्रवेश कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसमा योगदान पूर्याएकाहरुलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु कृष्णप्रसाद सञ्जेल, कृष्णप्रसाद दाहाल, ईन्दिरा न्यौपाने, अमिक परियारलगायत भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमूख एवं पदाधिकारीहरुको उपस्थिती रहेको छ।