काठमाडौँ । बोधी श्रवण धर्म संघले ‘लिटिल बुद्ध’ भनिएका रामबहादुर बम्जनमाथि लगाइएका आरोप निराधार रहेको दाबी गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्रीसमेत रहेका संघका संस्थापक अध्यक्ष मणि लामाले बम्जनलाई बदनाम गर्न खोजिएको बताए ।


ADVERTISEMENT


उनले बम्जनले आत्मा र परमात्माबीचको सेतुका रूपमा चोला फेरेको दाबी गर्दै भने, ‘हामीलाई विश्वास छ, आरोप पूरा भ्रम हो । सुनियोजित प्रहार हो ।’


ADVERTISEMENT

# # #


२०७१ सालपछि मात्रै बम्जनको आश्रममा चेलाचेली राख्ने र आनी बनाउने काम भएको तथा अहिलेसम्मको सबै रेकर्ड आफूहरूले राखेको उनको दाबी छ । संघका केन्द्रीय सदस्य एवं पूर्वमाओवादी नेता भूमिनन्द देवकोटाले बम्जनविरुद्ध षड्यन्त्र भएको दाबी गरे ।

भने, ‘महान् व्यक्तिविरुद्ध यस्ता आरोप लाग्ने गरेको इतिहास छ ।’ उनले पीडित भन्नेहरूलाई आश्रममा प्रवेश निषेध नभएको र आनी बन्ने सबैको रेकर्ड रहेको बताए । ‘सरकारले सत्यतथ्य छानबिन गरोस्,’ उनले भने । संघ बम्जनका अनुयायीको संगठन हो ।