काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार राति भएको खेलमा अन्तिम १६ मा पुग्ने सबै टिमको टुङगो लागेपछि यो समीकरण पूरा भएको हो ।


ADVERTISEMENT


बुधबार राति भएका खेलहरुबाट समूह इ मा बार्यन म्युनिख विजेता र आयाक्स उपविजेताका रुपमा अन्तिम १६ मा पुगे । समूहको अन्तिम खेलमा बार्यन र आयाक्सले तीन तीन गोलको बरारबी खेले । जसका कारण बार्यन विजेता र आयाक्स उपविजेता बन्यो ।


ADVERTISEMENT

# # #


यस्तै समुह एफबाट म्यानचेस्टर सिटी विजेता र लियोन उपविजेताका रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरे । सिटीले होफेनहमलाई दुई एकले हरायो । सिटीको जितमा सानेले दुई गोल गरे । यता लियोनले सख्तर डोनेस्कसँग एक–एक गोलको बराबरी खेलेपछि उपविजेता बन्यो ।

समुह जीबाट रियल मड्रिड विजेता र रोमा उपविजेता बन्यो । घरेलु मैदानमा रियल पराजित हुँदा अर्को खेलमा रोमा पनि भिक्टोरिया प्लेइजिङसँग दुई एकले हार्न पुग्यो । जसका कारण यसअघि नै नकआउट चरणमा पुगेको रियल विजेता र रोमा उपविजेता बन्यो ।

समुह एच मा युभेन्टस विजेता र म्यानचेस्टर युनाइटेड उपविजेता बन्यो । दुबै टिमले समुहको अन्तिम खेलमा पराजित भए । युभेन्टस योङ बोइजसँग दुई एकले पराजित भयो भने म्यानचेस्टर युनाईटेड पनि भ्यालेन्सियासँग हार्न पुग्यो ।

अन्तिम १६ मा
समूह ए : बोरुसिया डर्टमुन्ड (विजेता), एट्लेटिको मड्रिड (उपविजेता)

समूह बी : बार्सिलोना (विजेता), टोटनह्याम (उपविजेता)

समूह सी : पेरीस सेन्ट जर्मेन (विजेता), लिभरपुल (उपविजेता)

समूह डी : पोर्टो (विजेता), साल्के (उपविजेता)

समूह ई : बार्यन म्युनिख (विजेता), आयाक्स (उपविजेता)

समूह एफ : म्यानचेस्टर सिटी (विजेता), लियोन (उपविजेता)

समूह जी : रियल मड्रिड (विजेता), रोमा (उपविजेता)

समूह एच : युभेन्टस (विजेता), म्यानचेस्टर युनाईटेड (उपविजेता)