काठमाडौं । अमेरिकामा पछिल्लो समय सर्च इन्जिन गूगलमा अंग्रेजीको ‘इडियट’ शब्द सबैभन्दा बढी खोजिएको छ । किनकी गूगलमा ‘इडियट’ खोज्दा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको तस्बिर भेटिन्छ । गूगल ट्रेन्डिङको अनुसार पछिल्लो समय अमेरिकामा सर्च इन्जिन गूगलमा धेरै खोजिएको शब्दमा ‘इडियट’ रहेकाे छ ।


ADVERTISEMENT


यो खोजको बारेमा गूगलको मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाइसँग सोधपुछ गरिएको छ । अमेरिकी कंग्रेसको न्यायिक समितिमा रिपब्लिकन सांसद लोफ्ग्रेनले पिचाईलाई सर्च इन्जिन गूगलमा ‘इडियट’ खोज्दा किन राष्ट्रपति ट्रम्पको तस्बिर आउँछ भनेर सोधेका थिए ।


ADVERTISEMENT

# # #


यसको उत्तर दिँदै पिचाइले भनेका छन् ‘गुगलमा कुनै शब्द खोज्दा यसले अर्बौँ वेबसाइटहरू ट्रयाक गर्छ । त्यो किवर्ड ती वेबसाइट अनुसार म्याच हुन्छ । जसमा प्रयोगकर्ताहरुको लोकप्रियताको आधारमा पनि किवर्ड म्याच हुने गर्छ । यही आधारमा ‘इडियट’ सर्च गर्दा ट्रम्पको फोटो बसेको हो ।

गीतसँग जोडिएको ‘इडियट’ को तार
‘इडियट’ शब्द र राष्ट्रपति ट्रम्पको तस्बिरको सम्बन्ध यहि वर्ष आएको हो । केही मानिसहरुले गएको जुलाईमा ट्रम्पको ब्रिटेन भ्रमणको क्रममा भएको विरोधलाई यस सम्बन्धसँग जोडेका थिए ।

त्यतिबेला त्यहाँका ब्रिटिस प्रदर्शनकारीहरुले अमेरिकन इडियट नामको एउटा गीत बनाएर रेकर्ड गराएका थिए । त्यो गीत ब्रिटेनको म्युजिक चार्टमा टप भएको थियो ।

त्यसपछि रेडिट वेबसाईटमा युजर्सले यस्तो आर्टिकल छापे जसमा ट्रम्पको छेउमा इडियट शब्द लेखिएको थियो । यो वेबसाइटको सर्च इन्जिन डेटाबेसलाई प्रभावित गर्न पनि खोजिएको थियो जसलाई ‘गूगल बंम्बिङ’ भनिन्छ ।

अमेरिकी कंग्रेसको न्यायिक समितिमा स्टीव नमका एक सांसदले पिचाइसँग उनकी नातिनीको आइफोन फरक तरिकाले चलिरहेकोबारे प्रश्न सोधेका थिए । उनको प्रश्नको उत्तरमा पिचाइले भनेका थिए ‘आईफोन गूगलले बनाएको होइन ।’

–बीबीसीकाे सहयाेगमा