काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त र अन्य बलात्कृत बालिकाको न्यायको माग गर्दै बाग्लुङका महिला सडकमा सुतेका छन् ।


ADVERTISEMENT


सरकार भेटियो, न्याए भेटिएन लेखिएर फोष्टरहरु छातीमा टाँस्दै उनीहरु १५ मिनेट सडकमा सुतेर न्याय माग गरेका हुन् । ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हुने भन्ने लेखिएका पोष्टरसहित देशभर प्रदर्शन भइरहेको छ ।


ADVERTISEMENT

# # #


निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या भएको थियो । तर सरकारले अझैं पनि दोषीलाई कठघरामा ल्याउन सकेको छैन ।

तस्बिर : फणिन्द्र न्यौपाने