काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले एक लाख रुपैयाँ डलरको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ पुरस्कार प्राप्त गरेका छन् । विश्वभर क्रिश्चियन धर्म प्रचारमा लागेर विवादमा मुछिएको युनिभर्सल पिस फाउण्डेसनले नेपालमा एसिया प्यासिफिक सम्मेलनका क्रममा ओलीलाई यो पुरस्कार दिएको हो ।


ADVERTISEMENT


नेपालमा पूर्वसांसद एकनाथ ढकालले अगुवाइ गरिरहेको यस संस्थाले दिएको एक लाख डलर (एक करोड ११ लाख रुपैयाँ) बराबरको यो पुरस्कार ओलीले सरकारलाई हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


यो पुरस्कारबापतको रकम युवा र बालबालिकाको क्षेत्रम खर्च गर्न नेपाल सरकारलाई हस्तान्तरण गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।