काठमाडौं । मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीनमा रहेकी मिस नेपाल श्रृंखला खतिवडा ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बनेकी छिन्।


ADVERTISEMENT


याे सँगै उनी फाइनल राउन्डमा प्रवेश गरेकी छिन्।


ADVERTISEMENT

# # #


समूह १३ मा रहेकी उनी ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्डको फाइनल राउन्डमा प्रवेश गरेकी हुन्। उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका छन्।

प्रतिस्पर्धामा सहभागी १२१ देशका सुन्दरीलाई २० वटा समूह विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। श्रृंखला समूह १३ मा थिइन्। छोटो भिडियो र त्यसपछि ६ जना प्रतिस्पर्धीबीच सवाल जवाफ गरिएको थियो। श्रृंखलाले त्यो सवालमा दिएकाे जवाफका आधारमा उनले पाएको भोट समेत गणना गर्दै उनी समूह विजेता बन्न सफल भएकी हुन्।

हेड टू हेड च्यालेन्जका कूल लागि २.२ बिलियन भ्यू र २० मिलियन भोट आएको आयोजकले उल्लेख गरेका छन्।

समूह विजेता बन्ने अन्य सुन्दरीहरुमा मौरिसस, फ्रान्स, भेनेजुएला, फिलिपिन्स, नाइजेरिया, बंगलादेश, चिली, लेबनान, मलेसिया छन्। यसैगरी म्यानमार, ग्याडेलोपे, भारत, सिंगापुर, थाइल्यान्ड, बुल्गेरिया, मेक्सिको, ट्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिा तथा युगान्डाका सुन्दरीहरु फाइनल राउन्डमा प्रवेश गरेका छन्।

यी मुलुक बाहेकका थप १० सुन्दरीहरु फाइनल राउन्डमा पुग्नेछन्।