काठमाडौं । ‘बोल माया’ बाट निकै रुचाएका जोडी प्रकाश सपुत र अञ्जली अधिकारीको जोडी फेरि एक पटक पर्दामा देखिएका छन्।


ADVERTISEMENT


गेमराज गिरीको आवाजमा रहेको ‘केरा लैजाउँ पावर’ बोलको गीतमा प्रकाश र अञ्जलीको जोडीलाई प्रस्तुत गरिएको हो।


ADVERTISEMENT

# # #


गीतमा यी जोडी निकै रोमान्टिक देखिएका छन्। स्वर्गीय भूपेन्द्र प्रकाश गिरीको शब्द तथा संगीतमा महेन्द्र प्रकाश गिरीको आवाजमा रहेको गीतलाई गेमराज गिरीले रिरेकर्ड गराएर बजारमा ल्याएका हुन्।

केशव बुढाको एरेन्जर तथा मौसम हिमालीको निर्देशनमा तय भएको गीतको भिडियोलाई करण क्यासिरले खिचेका छन्। त्यस्तै गीतका भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन्।

हेरौँ भिडियो