इलाम । इलाममा नवजात शिशुको शव फेला परेको छ ।


ADVERTISEMENT


इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवा अधेरे गाउँमा रहेको गोरेटो बाटोमा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।सूर्योदय नगरपालिका वडा नम्बर ९ स्थायी घर भएकी सावित्रा मुखिया सुनुवार आफन्तकोमा गएका बेला बच्चालाई जन्म दिएर हत्या गरेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


जन्माएर हत्या गर्ने आमा विवाहित भएको पाइएको छ । श्रीमान वैदेशिक रोजगारमा छन् । श्रीमान नभएको समयमा परपुरुषसँग अवैध सम्बन्ध राखेर बच्चा जन्माएपछि हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । सुनुवारको दुईजना छोरीहरु रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाममा राखिएको छ ।