हेटौंडा । प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७४÷७५ मा मात्रै ७ करोड ५२ लाख ९ हजार ६ सय १३ रुपैयाँको सवारी साधन खरिद गरेको छ।


ADVERTISEMENT


त्यसका लागि ८ करोड २३ लाख ८१ हजार बजेट छुट्याइएको थियो। कुल बजेटको ७ दशमलव ३६ प्रतिशत रकम सवारी साधन खरिदमा नै खर्च गरिएको छ।


ADVERTISEMENT

# # #


संघीय सरकारले प्रदेश ३ का लागि पठाएको समानीकरण अनुदान १ अर्ब २ करोड ५ लाख तोकिएको अनुदानकै आधारमा प्रदेश सरकारले ‘आय र व्ययको अनुमान’ प्रस्तुत गरेको थियो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सवारीसाधनमा १ करोड ३० लाख विनियोजन भएकोमा १ करोड २९ लाख ३० हजार १ सय ३९ खर्च गरिएको छ।

प्रदेश सभा सचिवालयले ९० लाख मध्येबाट ६० लाख ३७ हजार ७ सय ६२ को सवारी साधन किनेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १ करोड ३० लाखमध्ये १ करोड २७ लाख ३४ हजार ७२ रुपैयाँको सवारीसाधन खरिद गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ६८ लाख २८ हजार ६ सय ५० को सवारी साधन खरिद गरेको छ। मन्त्रालयका लागि ८० लाख रकम विनियोजन भएको थियो।

भौतिक पुर्वाधार विकास मन्त्रालयले ९० लाख मध्येबाट ८९ लाख १४ हजार ६ सय ७ रकमको सवारीसाधन खरिद गरेको छ। सामाजिक विकास मन्त्रालयले १ करोड २८ लाख ८० हजार मध्येबाट १ करोड २७ लाख ८७ हजार ५ सयको सवारीसाधन खरिद गरेका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ९० लाख मध्येबाट ६८ लाख ९ हजार ५ सयको खरिद गरेको छ। भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७७ लाख १२ हजार ३ सय ८३ मूल्य बराबरको सवारीसाधन खरिद गरेको छ।

मन्त्रालयको लागि ८० लाख ४६ हजार रकम विनियोजन भएको थियो। मुख्यन्यायधिवक्ताको कार्यलयले भने विनियोजित भएको ४ लाख ५५ हजार बराबरकै गाडी खरिद गरेको छ। सोही अवधीमा सवारी साधन मर्मतका लागि ५५ लाख विनियोजन भएकोमा ४५ लाख १३ हजार ९ सय ६४ रुपैयाँ प्रदेश सभा र ती मन्त्रालयले खर्च गरेका छन्।

यसैगरी आर्थिक वर्ष ०७५र७६ को बजेटमा प्रदेश सभा सचिवालय र प्रदेशका ७ मन्त्रालयलाई सवारी साधन र इन्धनका लागि मात्रै २८ करोड १६ लाख ८७ हजार रकम विनियोजन भएको छ। मन्त्रालयहरूले सो रकमबाट गाडी खरिद गर्न सुरु गरेका छन्। सवारी साधनका लागि २१ करोड ३४ लाख र इन्धन तथा ममर्तका लागि ६ करोड ८२ लाख ८७ हजार रकम विनियोजन भएको हो।

मन्त्रालयहरूले प्रत्येक वर्ष गाडी खरिद गर्न थालेका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गर्ने गरी ३ वटा गाडी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छन्। मुख्यमन्त्री पौडेलले नै प्रयोग गर्ने गरी हालै विद्युतीय गाडी खरिद गरिएको छ।

असारमा मात्रै टाटाको स्ट्रोम गाडी खरिद गरेका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले पनि अर्को गाडी खरिद गर्ने तयारी गरेका छन्। उनले आवश्यकता अनुसार गाडी खरिद गर्न लागेको बताए।