काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश कमिटीका सबै सदस्यहरुको सूची टुंगो लगाएको छ। नेकपाको बुधबार बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यहरुको सूची टुंगो लगाएको हो।


ADVERTISEMENT


बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सात वटै प्रदेश कमिटीको एकीकरणसहितको सूचीलाई पूर्णता दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।


ADVERTISEMENT

# # #


उनले भने, ‘आज बसेको सचिवालय बैकले सातै प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दियो अर्थात् सबै प्रदेश कमिटिका सदस्यको नाम टुंगो लगायो’, प्रवक्ता श्रेष्ठले भने।

उनले यसपछि बस्‍ने नेकपाको सचिवालय बैठकमा केन्द्रीय समितिको सदस्‍यहरुको कार्य विभाजन, जनवर्गीय संगठनको एकीकरण, जिल्ला समितिको मुख्य नेतृत्वको चयनको प्रक्रियामाथि छलफल गर्ने जानकारी दिए।

उनका अनुसार सात वटै प्रदेश कमिटीलाई पूर्णता दिए पनि कमिटी सदस्यहरुको नाम भने बिहीबार मात्र सार्वजनिक हुनेछ।

यसअघि गत असोज ५ गते प्रदेश सदस्यहरुको नाममा विवाद उठेपछि यसबारे छलफल बीचैमा रोकिएको थियो। उक्त विवादपछि प्रदेश सदस्यहरुको नाम टुंग्याउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव बिष्णु पौडेल रहेको कार्यदल गठन गरिएको थियो।