काठमाडौं– नेपाल, श्रीलंका र भारतका तीन क्लबबीच आगामी माघ पहिलो साता ट्वान्टी –ट्वान्टी त्रिकोणात्मक सिरिज हुने भएको छ ।


ADVERTISEMENT


महाकाली स्पोटर््स सोसाइटी र नेपालय इन्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा माघ १ देखि १० गतेसम्म क्लबस्तरीय त्रिकोणात्मक सिरिज हुन लागेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपालबाट महाकाली स्र्पोट्स क्लबले सहभागिता जनाउँदैछ ।


ADVERTISEMENT

# # #


मन्जीत श्रेष्ठको कप्तानीमा रहने नेपाली टोलीमा राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी र विभिन्न उमेर समूहका खेलाडी समावेश गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । भारतबाट सिडब्लुसिटी र श्रीलंकाबाट कन्दुकार क्रिकेट क्लब सहभागि हुने आयोजकले बताएको छ । विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार पुरस्कारसहित ट्रफी र मेडल पाउनेछन् ।

यस्तै प्लेयर अफ दि सिरिजले १० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले पाँच–पाँच हजार पुरस्कार पाउनेछन् ।