काठमाडौं– नेपाल सरकारले विभिन्न विधाबाट कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।


ADVERTISEMENT


सातौ राष्ट्रिय कर दिवसको अवसरमा बीमा व्यवसायतर्फबाट यस वर्ष राज्यलाई सर्वाधिक कर बुझाउने कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी अग्रणी भएको हो ।


ADVERTISEMENT

# # #


आन्तरिक राजस्व विभागले तयार गरेको सुची अनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा व्यापार लगायतका क्षेत्रमा सर्वाधिक कर तिर्ने संस्थाहरु छनोट गरी हरेक वर्ष विभागले सम्मान गर्दै आएको छ । सम्मानित व्यक्ति तथा कम्पनीलाई नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका थिए ।