काठमाडौँ– मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)को नेतृत्व परिवर्तन भएको छ । महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेसंगै नेतृत्व परिवर्तन भएको हो ।


ADVERTISEMENT


६ सदस्यीय अध्यक्ष मण्डल रहेको राजपाको मंगलबार बबरमहरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले राजेन्द्र महतोलाई संयोजक तोकेको छ । यसअघि महन्थ ठाकुरले नेतृत्व गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले पार्टी एकतापछि निर्वाचन आयोगमा बुझाएको कार्यसमितिलाई मान्यता दिएको छ र त्यसयता भएका सबै मनोनयन रद्द गर्ने निर्णय गरेको छ ।