काठमाडौं – आगामी मंसिर २२ देखि काठमाडौँमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले मान्यता दिएको छ।


ADVERTISEMENT


आयोजक इपीएलले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई आईसीसीको मन्यप्ता प्राप्त भएको बताएको हो। तर यसका लागि इपीएलले चर्को मूल्य तिर्नु परेको छ । २० हजार डलर अर्थात २७ लाख ५० हजार नेपाली रुपैयाँ नेपाल राष्ट्र बैंकमार्फत पठाएपछि आइसीसीले मान्यता दिएको हो । उक्त रकम आईसीसीले नेपाली क्रिकेटकै विकासको लागि प्रयोग जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रतियोगितालाई मान्यता दिएसंगै आइसीसीले आफ्नो सम्बन्धन प्राप्त राष्ट्रहरुलाई पत्र पठाएको आयोजकको भनाई छ । आइसीसीको मान्यता पाएपछि विदेशी खेलाडी ल्याउने बाटो खुल्नेछ ।

प्रतियोगिताको यस सिजनमा टेस्ट राष्ट्र आयरल्यान्डका चर्चित खेलाडी केभिन ओ ब्रायन, जिम्बावेका अलराउन्डर सिकन्दर राजा, युएईका कप्तान रोहन मुस्ताफा र मोहम्मद नाभिद, हंगकंग खेलाडी बाबर हायात, स्कटल्याण्डका केल कोट्जर तथा इंग्ल्याण्ड यु–१९ क्रिकेटर जोन सिम्पसन जस्ता खेलाडीहरुले सहभागिता गर्ने भएका छन् ।

प्रतियोगिता मंसिर २२ देखि पुस ७ गतेसम्म चल्नेछ ।

तेस्रो संस्करणको इपीएलमा काठमाडौं किंग्स एलेभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्सले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्दैछन् ।

गत वर्ष पारस खड्का नेतृत्वको विराटनगर किंसले शरद भेषवाकरको भैरहवा ग्लाडियटर्स्लाई एक रनले हराउँदै प्रतियोगिताको उपाधी जितेको थियो ।