बुटवल– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालका लागि चिनियाँ राजदूत यु होङसँग आज बुटवलस्थित मुख्यमन्त्री कार्यालयमा भेटी आफ्नो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनका विषयमा चिनियाँ अनुभव आफ्नो सरकारका लागि काम लाग्ने बताएकी छन् ।


ADVERTISEMENT


उनले चिनियाँ रेल काठमाडौँ हुँदै लुम्बिनी छिट्टै आउने विश्वास पनि व्यक्त गरिन् ।


ADVERTISEMENT

# # #


राजदूत होङले नेपालमा कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अझै बढाइने बताइन् । धेरै चिनियाँको मनमा रहेको लुम्बिनीेलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्दै उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको स्पष्ट गरिन् ।

चिनियाँ राजदूतले उपयुक्त समयमा चीनको भ्रमणका लागि मुख्यमन्त्रीलाई निमन्त्रणासमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए। भेटका अवसरमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रदेश सरकारका प्रमुख सचिव डा तीर्थ ढकाललगायतको सहभागिता थियो ।